म्याथ्युजको शतकमा भारतलाई मध्यम लक्ष्य



काठमाडौं : इङ्ल्याण्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले भारतलाई जितका लागि २ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ। लड्समा जारी खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले पूरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा २ सय ६६ रन बनायो।

श्रीलंकाका लागि एन्जेलो म्याथ्युजले शतकीय इनिङ खेले। १२८ बलको सामना गरेका म्याथ्युजले १० चौंका र २ छक्कासहित ११३ रनको योगदान दिए। म्याथ्युजले आफ्नो वान डे करिअरको तेस्रो शतक पुरा गरे। उनले वान डे करिअरमा प्रहार गरेका तीनै शतक भारतविरुद्ध रह्यो।

लाहिरु थिरिमानेले अर्धशतक प्रहार गरे। ६८ बल खेलेका थिरिमानेले ४ चौंकासहित ५३ रन बनाए। त्यस्तै धनन्जय डी सिल्भाले ३६ बलमा १ चौंकासहित २९, अभिष्का फर्नान्डोले २१ बलमा ४ चौंकासहित २०, कुशल परेराले १४ बलमा ३ चौंकासहित १८ र ओपनर तथा कप्तान दिमुथ करुनारत्नेले १७ बलमा २ चौंकासहित १० रन बनाउनु बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

एक समय ११.४ ओभरमा ५५–४ को कमजोर अवस्थामा पुगेको श्रीलंकालाई पाँचौ विकेटका लागि म्याथ्युजले थिरिमानेसँग १ सय २४ रनको शतकीय साझेदारी गर्दै इनिङ उकासेका थिए।

भारतका लागि जसप्रित बुमराहले १० ओभर बलिङ गर्दै २ मेडन राखेर ३७ रन खर्चिएर ३ विकेट लिए। त्यस्तै भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा र कुल्दिप यादवले समान १–१ विकेट लिए। 

प्रतिक्रिया दिनुहोस्