श्रीलंकामाथि भारतकाे सानदार जित, राेहितकाे नाममा दुई कीर्तिमान



जारी एक दिवसीय विश्वकपमा भारतका ओपनर रोहित शर्मा र लोकेश राहुलले शतक प्रहार गरेपछि लिग चरणको अन्तिम खेलमा श्रीलंका ७ विकेटको पराजित भएकाे छ। 

श्रीलंकाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४३ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो। रोहितले जारी विश्वकपमा पाँचौं शतक प्रहार गरेका छन्। एकै विश्वकपमा ५ शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान पनि बनेका छन्। 

त्यस्तै रोहित सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा पहिलो स्थानमा पनि उक्लिएका छन्। ८ पारीमा रोहितले ६ सय ४७ रन प्रहार गरे। 

भारतका लागि रोहित र राहुलले पहिलो विकेटका लागि १ सय ८९ रनको साझेदारी गरेका थिए। रोहितले ९४ बलमा १४ चौका र २ छक्काको साथ १ सय ३ रन बनाएर आउट भएपछि आएका कप्तान विराट कोहलीसँग मिलेर राहुलले थप ५५ रनको साझेदारी गरे। 

राहुलले १ सय १८ बलमा १११ रन जोडेका हुन् । उनले ११ चौका र १ छक्का प्रहार गरे । कप्तान कोहली ३४ रनमा अविजित रहे । 

प्रतिक्रिया दिनुहोस्