देशभर थपिए ११ जना कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ३ हजार ३६० नमूनाको परीक्षण हुँदा शनिबार ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८३ जनाको पीसीआर र १ हजार २७७ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ। पीसीआर परीक्षणबाट १० जना र एन्टिजेन परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो।

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर मृत्यु हुनेको संख्या ११ हजार ९५१ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि ९० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ९ हजार ४२ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्