थपिए २३ जना कोरोना संक्रमित, ६६ संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल २३ र एन्टीजेन परिक्षणबाट ० गरि कुल २३ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।७ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ८४७ पिसिआर र १०६२ नमुना एन्टीजेन परिक्षण गरि कुल ६ हजार ९०९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८९९ पुगेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको मृत्यु भएको छैन । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्