तोकिएको समयमा काम नगर्ने ६ कम्पनी कालोसूचीमा



काठमाडौं । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सरकारी निकायको आग्रहपछि स्पष्टीकरण सोधेको कार्यालयले चित्तबुझ्दो जवाफ नआएपछि उनीहरूलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा राखिएको अवधि एक देखि तीन वर्षसम्म छ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो ।

ती कम्पनीहरुले कालोसूची अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद कारबाहीमा भाग लिन नपाउने सूचनामा उल्लेख छ । एउटा भारतीय कम्पनी टीबीईएलाई तीन वर्ष कालोसूचीमा राखिएको छ भने पाँचवटा नेपाली कम्पनीलाई एकरएक वर्षका लागि कालोसूचीमा राखिएको छ । नेपाली कम्पनीहरुमा चिराग कन्स्ट्रक्म्सन गोरखा, कर्णाली बिल्डर्स धनुषा, फैजल एण्ड अफजल कन्स्ट्रक्सन रौतहट, कुरालदेव निर्माण सेवा रसुवा र तितुङ कन्स्ट्रक्सन काठमाण्डौ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्