युक्रेनका राष्ट्रपति जेलेन्स्की भन्छन् : रूससँगको शान्ति वार्ता जारी रहन्छ



एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूससँगको शान्ति वार्ता जारी रहने बताएका छन् । रूसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन् ।

पत्रकारले वार्ता सम्भव रहे नरहेकोबारे गरेको प्रश्नमा जेलेन्स्कीले भने, ‘वार्ता हुन्छ, किनकि युक्रेनलाई शान्ति चाहिएको छ । हामी २१औं शताब्दीमा छौँ । कूटनीतिक र सैन्य रूपमा हामीले प्रयास जारी राख्ने औं ।’

राजधानी किएभ नजिकैको बजार बुचाबाट रूसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन् । बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ । रूसमाथि नरसंहार र युद्ध अपराधको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्