श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेद्वारा राजीनामा दिन अस्वीकार



एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले राजीनामा दिन अस्वीकार गरेका छन् । विपक्षीहरूलाई उनले संसदमा आफूविरुद्ध बहुमत पुर्‍याएर हटाउन चेतावनी दिएका छन् ।

बहुमतका लागि आवश्यक ११३ भोट ल्याएमा कुनै पनि दललाई सरकार सुम्पिन तयार रहेको उनले बताएका छन् । राजपक्षेले विपक्षीहरूलाई सर्वदलीय सरकार बनाउनका लागि आह्वान गरेको भए पनि उनीहरूले त्यसलाई अस्वीकार गरेका छन् ।

आर्थिक संकटका कारण श्रीलंकाली जनता आक्रोशित भएर राष्ट्रपतिको राजीनामा मागिरहेका हुन् । सोमवार प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासको घेराबन्दी गरेका थिए । उनीहरू देशमा लगाइएको संकटकाल र कर्फ्युको विरोध गरिरहेका थिए ।

यसैबीच श्रीलंका सेनाले आवश्यकता बमोजिम राज्यको सुरक्षाका लागि आफू सधैं तयार रहेको बताएको छ । डिफेन्स फोर्सेसले सधैं संविधानको पालन गर्दै आएको सेनाको भनाइ छ ।

उता श्रीलंका सरकारका मन्त्री जोनसन फर्नान्डोले राष्ट्रपतिलाई राजीनामा दिनुपर्ने कुनै आवश्यकता नरहेमको बताए । राष्ट्रपतिलाई जनताको समर्थन कायम रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्