परमाणु हमला गर्ने दक्षिणलाई उत्तर कोरियाको चेतावनी



एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियाले परमाणु हमलाको चेतावनी दिएको छ । दक्षिण कोरियाले आफूमाथि हमला गरे आफूहरुले परमाणु हमला गरिदिने उत्तर कोरियाले चेतावनी दिएको हो । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो-जोङको तर्फबाट यो बयान आएको हो ।

केहि दिन अघि दक्षिण कोरियाका रक्षामन्त्रीले उनको सेना उत्तर कोरियामा कुनै पनि लक्ष्यमा हमला गर्न सक्षम भएको बताएका थिए ।

दुई देशबीचको यो बयानबाजी त्यतिबेला सार्वजनिक भएको हो जब दुई देशबीचको सम्बन्ध असाध्यै तनावपूर्ण स्थितिमा छ ।

करिब ६ महिनाको मौनतापछि किम जोङ उनकी बहिनीले दक्षिण कोरियालाई यस्तो खालको धम्की दिएको यो दोस्रो पटक हो ।
यद्यपि, किम यो–जोङले उत्तर कोरिया युद्ध नचाहने बताउँदै आफूहरुले हमलाको सुरुवात नगर्ने स्पष्ट पारेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्