हिमाल आरोहण गर्न ३४२ जनालाई अनुमति



काठमाडौँ । यस वर्षको वसन्तकालीन हिमाल आरोहणका लागि पर्यटन विभागले सोमबारसम्म नेपालीसहित ३ सय ४२ जनालाई आरोहण अनुमति दिएको छ ।
पर्यटन विभागको पर्वतारोहण महाशाखा प्रमुख सूर्य प्रसाद उपाध्यायका अनुसार हिमाल सफाइ गर्ने चार वटासहित १३ वटा आरोहण दलमा ३ सय ४२ जनालाई हिमाल आरोहण गर्ने अनुमति दिइएको छ ।
यसमा महिला ८१ र पुरुष २ सय ६१ जना छन् । विभागले आरोहण अनुमति दिए वापत १८ करोड ८७ हजार सलामी दस्तुर संकलन गरेको छ ।
आरोहण अनुमति दिइएका हिमालहरुमा गंगापुर्ण, हिमलुङ, धौलागिरि, अन्नपूर्ण, थापापिक, आमादब्बलम, ल्होत्से, नुप्से, सगरमाथा, कंचनजंघा, मुकोट, मकालुसहित १३ वटा हिमाल छन् । निर्देशक उपाध्यायका अनुसार चैतबाट सुरु भएको आरोहण अनुमति वैशाख मसान्तसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्