उदयपुरकी कविता सुनुवार हत्या प्रकरणमा सहपाठीसहित २ जना पक्राउ



काठमाडौं । प्रवेशिका परीक्षाका लागि ट्यूसन पढ्न गएकी उदयपुरको बेलका नगरपालिकाको कोशी जनता माध्यमिक विद्यालय रामपुरको कक्षा १० अध्ययनरत विद्यार्थी कविता सुनारको हत्यामा संलग्न भएको आरोपमा उनकै सहपाठी सहित २ जना पक्राउ परेका छन् ।

विद्यार्थी सुनुवारको हत्यामा उनकै सहपाठीको संलग्नता देखिएको आरोपमा उनकै कक्षामा अध्ययनरत १७ वर्षीया नाबालिका र १९ वर्षीय विनोद ढकाललाई प्रहरी पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा सुनुवार र उनकै कक्षामा अध्ययनरत अर्की विद्यार्थीबीचको झगडाका क्रममा हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले मृतक र अर्की नाबालिकाबीच अलि अगाडिदेखि मनमुटाव रहेको र त्यही विवादमा काकाका छोरा विनोदसँग मिलेर हत्या गरिएको पाइएको जनाएको छ । विनोद त्यो स्कुलमा पढ्ने होइनन्, तर बहिनीलाई पुर्‍याउन भन्दै उनस्सँगै गएका थिए । प्रहरीका अनुसार बाटोमा विवाद बढ्यो र सुरुमा वियरको बोतल र पछि ढुंगाले हानेर हत्या गरेको हो ।

प्रतिक्रिया दिनुहोस्