पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण



काठमाडौं ।  पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले सोध्यो २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रेस काउन्सिल नेपालले प्राइमटाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई स्पष्टीकरण सोधेको हो । विमानभित्र अनुमतिबेगर प्रत्यक्ष प्रसारण गरेको भन्दै काउन्सिलले मंगलवार २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा धमलाले अनुमतिबेगर विमानभित्र पसेर प्रत्यक्ष प्रसारण गरेका थिए ।

‘विमानभित्रैबाट अनुमतिबेगर, पटकपटक वायुसेवाका कर्मचारीहरूले ‘सेक्युरिटी प्रोटोकलविपरीत हो यसो नगरिदिनुहुन, यसो गर्न मिल्दैन’ भन्दाभन्दै पनि बलजफ्तीरजबर्जस्तीरुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिज्यूअल रेकर्ड गरी सम्प्रेषण गरेको स्वःअनुमनबाट देखिएको छ,’ काउन्सिलको पत्रमा उल्लेख छ ।

पत्रकारिता क्षेत्रको मर्यादारविश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो रु भन्दै काउन्सिलले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई भनेको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिताको मर्यादा जोगाउने काम पत्रकारकै भएको बताए ।

‘क्यामरा बुम बोक्दैमा पत्रकारलाई जहाँ पनि जाने छुट हुँदैन,’ उनले भने, ‘प्रत्यक्ष प्रसारण गर्दा कतिपय संवेदनशील क्षेत्रहरू हुन्छन्, त्यसमा पनि पत्रकारले विचार पुर्‍याउनुपर्छ ।’ धमलाबाट पटकपटक गैह्रपेसागत क्रियाकलाप भइरहेको भन्दै जवाफ माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्