‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु



भक्तपुर । मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत समावेश गर्ने अभियान सुरु गरेको छ ।
मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचिमा समावेश हुनेगरी अभियान सुरु गरिएको जानकारी दिए ।
मंगलबार पत्रकार सम्मेलन गरी उनले त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि आगामी ३० चैतदेखि २ वैशाख २ सम्म हुने जात्राको प्रसारप्रचारको काममा सहयोग गरीदिन आग्रह गरे । उनले काठमाडौं उपत्यकाका सबै नगरपालिकाका मेयरहरुलाई सो जात्रामा एकसाथ सहभागी गराउन लागिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं उपत्यका भित्रका सबै जात्राहरुको ऐतिहासिक महत्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि सबै जात्राहरुको प्रवद्र्धन गर्ने अभियान संचालन गर्नुपर्ने अवस्था आएको बताए । कार्यक्रममा बिस्का जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्