कृषि क्षेत्रमा भारतको अनुभव सिक्न ३ दिने गोष्ठी



काठमाडौं । नेपाल साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडले कृषि क्षेत्रमा भारतले गरेको नयाँ नयाँ प्रयोग र त्यसको सफलता र असफलताको विषयमा अनुभव आदान प्रदान गर्न ३ दिने गोष्ठीको आयोजना गरेको छ । कृषि मन्त्रालयको प्राविधिक सहयोगमो लिमिटेडले काठमाडौंमा ३ दिने गोष्ठीको आयोजना गरेको हो ।

गोष्ठीमा नेपाल र भारतको कृषि विज्ञहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने र त्यसको विषयमा छलफल हुने नेपाल साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडको सुचना अधिकारी कुमार राजभण्डारीले जानकारी दिए । जसमा इन्डियन पोटास लिमिटेडको तर्फबाट विभिन्न विज्ञहरुको इन्डियामा भएको कृषि क्षेत्रको विकास, संभावना र चुनौतिको विषयमा आफ्नो कर्यपत्र प्रस्तुत गर्ने छ ।

इन्डियन विज्ञहरुले इन्डियामा कृषि क्षेत्रमा अनुदान प्रणालीले गरेको विकास र त्यसको असरको विषयमा कार्यपत्र प्रस्तु गर्ने छन् । भने नेपालका कृषि विज्ञहरुले पनि नेपालमा कृषि क्षेत्रमा राज्यले गरेको लगानी वा विभिन्न दातृ निकायहरुले कृषि क्षेत्रमा गरेको लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ।

छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुने साल्ट ट्रेनिङले अपेक्षा गरेको छ। कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ ।

गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञहरुले छलफल गर्ने छन् ।

रासायनिक मलको अन्तर्राष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, भारतको अनुदान प्रणालीका सम्बन्धमा अनुभव आदानप्रदान, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहद् छलफल हुने कर्पोरेशनले जनाएको छ।

गोष्ठीमा भएको छलफल र त्यसको निष्कर्षको लिमिटेडले दस्तावेजिकरण गर्ने तयारी गरेको राजभण्डारीले बताए । यो दस्तावेज कृषि क्षेत्रको लागि नेपालमा ऐतिहासिक हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्