सूर्यास्तको १५ मिनेटपछि नै भयो सूर्योदय, मध्यराति नै सूर्य चम्केपछि…



काठमाडाैं : सिंगापुरदेखि लण्डनसम्म ६ सदस्य एक परिवार विश्वकप क्रिकेट हेर्ने उद्देश्यले लन्डन लागेका थिए। उनीहरु निजी कार चढेर जाँदै थिए। १७ मेमा सिंगापुरबाट हिँडेको यो परिवार १७ देशको बोर्डर पार गरेर ५ जुलाईमा लण्डन पुग्यो।

कसरी उनीहरुले २५ हजार किलोमिटर यात्रा पूरा गरे उनीहरुलाई एउटा च्यालेन्ज थियो। अनुपम माथुर नाम गरेका व्यक्तिले एक किसिमको रमाइलो गर्ने उद्देश्यले आफूले सिंगापुरदेखि लन्डनसम्म तय गरेको बताएका छन्। र उनी आवश्यक कागजातसहित उनी कारको यात्राबाट लन्डन लागेका थिए, सपरिवार।

अनुपमकी पत्नी अदितिले भनेअनुसार उनीहरु चीन हुँदै किर्गिस्तानको बाटो भएर जाँदै थिए। बीच बीचमा पहाडी भूभाग र बाक्लो बरफ परेका कारण बाटोहरु अफ्ठ्यारा थिए। रात परेका कारण उनीहरु कतै रोकिनुपर्ने अवस्था थियो। तर भिसा तथा अन्य कागजातका कारण उनीहरुलाई समस्या थियो।

कारण उनीहरु त्यहाँ बस्न सक्ने अवस्था थिएन, उनीहरुसँग यात्राको कागजात मात्र थियो। चीन फर्कने अवस्था पनि त्यहाँ थिएन। उनीहरु त्रसित भए। अनुपमलाई लाग्यो–बाबुआमा र छोराछोरीलाई यो अवस्थाबाट कसरी जोगाउने। तर केही समयपछि उनले त्यहाँ एउटा सानो गाउँ देखे। र उनीहरुले त्यही गाउँमा शरणार्थी झै त्यस रात बिताउन सफल भए।

यसै क्रममा आर्कटिक रेखा पुग्दा उनीहरु अचम्ममा परे। २१ जुनको दिन यस रेखामा कहिले रात हुँदैन। २४ घण्टा सूर्य उदाउँछ। अदितिले भनिन्, ‘हामी स्विडेनको जुकासकबरीमा २८ जुनमा पुग्यौं। त्यहाँ रातिको १२ बजे आकाशमा सूर्य देखिएको थियो।

त्यति नै बेला एक अद्भूत दृश्य देखियो। रातको १२ बजेर १५ मिनेटमा सूर्य अस्तायो र ठिक १५ मिनेटपछि पुनः सूर्योदय हुन लाग्यो। यो दृश्य एकदम रोमाञ्चक थियो। एकातर्फ सूर्योदय भएको थियो भने अर्कोतर्फ सूर्यास्त भयो।

प्रतिक्रिया दिनुहोस्