बाँदरकाे समूहले मान्छेलाई घेरेपछि… (भिडियोसहित)



काठमाडौं : भारतको वृन्दावनमा अगरबत्ती बेच्ने एक पसलेलाई बाँदरको एक समूहले आक्रमण गरेको छ।निकुञ्ज गोयल नामक ती पसले शनिबार बिहान साढे १० बजे पसलबाट घर आउँदै गर्दा बाँदरले घेरेर टोक्ने र चिथोर्ने गरेका थिए। 

सीसीटीभी क्यामरामा बाँदरहरूले उनलाई सडकमा पछ्याएको र एउटाले उनलाई झम्टेर भुइँमा लडाएको देखिन्छ। त्यसपछि अरू दुई बाँदर उनीमाथि चढ्छन् र उनलाई टोक्छन्। उनले एउटालाई मिल्काउँछन् र उभिन्छन्। 

उनी सडकमा दौडिन्छन् र उनका छिमेकीले कुचो बोकेर आएर बाँदरलाई धपाउँछन्। गोयललाई आक्रमणका क्रममा बाँदरले टोकेका अनि चिथोरेका थिए। उनलाई पछि रेबिजको उपचारका लागि लगिएको थियो। 

फेसबूकमा आफूमाथि भएको आक्रमणका बारेमा लेख्दै गोयलले बाँदरको समस्याका कारण घरबाट निस्कन गाह्रो हुन थालेको बताए। यस समस्यालाई अधिकारीहरूले मतलब नगरेको उनको भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्