यस्ताे देश जहाँ ६९ दिन घाम अस्ताउँदैन, ९० दिन उज्यालो हुँदैन



काठमाडाैं : नर्वेको सोमारोय द्वीपमा १८ मे देखि २६ जुलाइसम्म ६९ दिन घाम नै अस्ताउँदैन। यसका अलावा जाडो महिनामा करिब ३ महिनासम्म घाम नै देखिँदैन। नर्वेको यो टापुले पहिलो ‘टाइम फ्रि जोन’ बन्नको लागि पहल थालेको छ। यसका लागि टापुका ३ सय निवासीहरुले एक अभियान चलाएका छन्। उनहिरुले यो द्वीपलाई समयको सीमाबाट स्वतन्त्र राख्नको लागि टाइम फ्रि जोन अभियान चलाएका छन्। यसको समर्थनमा अदालतमा निवेदन पनि दिएका छन्।

स्थानीय सांसद केंट गुडमण्डसम्यानले यो निवेदनलाई अगाडि बढाउने फैसला गरेका छन्। केंटका अनुसार उनीहरुलाई नजिकका २ शहर फिनमार्क र नर्डल्याण्डले पनि समर्थन दिएका छन्। यसअघि युरोपियन युनियन पनि डेलाइट सेभिङ टाइमलाई अन्त्य गर्नेबारे भनिसकेको छ। 

अभियानका नेतृत्वकर्ता केजेल ओव हेविङका अनुसार यसको उद्देश्य निवासीहरुलाई कामका परम्परागत घण्टाबाट मुक्ति दिलाउनु हो। अर्थात यहाँका मानिसहरु जतिबेला जे काम गर्न चाहन्छन् त्यो काम गर्न सकुन्। यहाँका मानिसले यसो गर्दा उनीहरुको स्कुल कलेज र कामकाजको समयमा लचकता आउने आशा गरेका छन्। 

यहाँ पर्यटन र माछापालन आम्दानीमा मुख्य माध्यम हुन्। युरोप घुम्न जाने पर्यटकले अलग अलग शहरमा पुलमा ताला देख्छन् तर नर्वेका यी द्वीपमा पुलमा घडीहरु देखिन्छन्। हेविंगका अनुसार लामो समयसम्म रात रहनु वा दिन नढल्दा रात दिनको अर्थ रहँदैन। यही कारण तनाव हुन्छ। मानिसहरु समयको जंजालमा नफसुन् र खुलेर जिन्दगी बाँचुन् भन्ने अभियानको उद्देश्य हो।

प्रतिक्रिया दिनुहोस्