देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै एमाले



काठमाडौं । नेकपा एमालेले देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने भएको छ । सरकारले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेपछि एमालेले पत्रकार सम्मेनलमार्फत वर्तमान आर्थिक अवस्थाबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेको जनाएको छ ।

पत्रकार सम्मेनलमा तीन जना पूर्वअर्थमन्त्री उपस्थित रहने एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् । उनका अनुसार पार्टीको धारणा सार्वजनिक गर्न एमालेले आज मध्याह्न साढे १२ बजे होटल हिमालयमा पत्रकार सम्मेलन आयोजना गर्दै छ।

प्रतिक्रिया दिनुहोस्