बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोपमा युवती जेल चलान



काठमाडौं : महिलामाथि यौन दुर्व्यवहार, बलात्कार भएका घटना त हामीकहाँ निकै धेरै आउँछन्। तर अफ्रिकी मुलुक इजिप्टमा एक युवतीले बाँदरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। र, यौन दुर्व्यवहारको अभियोगमा ती २५ वर्षीया युवतीलाई ३ वर्ष जेल सजाय दिइएकाे छ। 

इजिप्टको मनसोरा सहरस्थित अदालतले बासमा अहमद नामकी युवतीलाई बाँदरमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा सजाय सुनाएको हो। ती युवतीले बाँदरसँग सार्वजनिक स्थलमा आपत्तिजनक कार्य गरेको ठहर अदालतले गरेको छ।

बाँदरमाथि गरेको आपत्तिजनक क्रियाकलापको ९० सेकेण्डको भिडियो इन्टरनेटमा भाइरल बनेसँगै गत अक्टोबरमा उनलाई पक्राउ गरिएको थियो। उक्त भिडियोमा ती युवतीले बाँदरको यौनांग चलाउँदै हाँस्दै गरेको देखिएको थियो। अदालतले ती महिलाले आफ्नो कसूर स्विकार गरेको भए पनि आफ्नो नियत बाँदरलाई यौन दुर्व्यवहार गर्ने नभएको भनी बताएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्