हात्तीले बालिकालाई सुँडले बेरेर लग्यो, अनि कुल्चिएर मारिदियो (भिडियो)



काठमाडौं : भारतको चम्पुआ जंगलनेर एक हात्तीले सात वर्षीया बालिकालाई कुल्चेर मारेको छ। बालिका खाटमा सुतिरहेको बेलामा हात्तीले उनलाई सुँडले बेरेर लगेको अनि कुल्चेर मारिदिएको हो। मुन्डासाहीकी सिनी मुन्डा आफ्ना दाइ गणेश र दिदी रानीसँग राति खाटमा सुतिरहेकी थिइन्। हात्तीले उनीहरूको घरको एउटा भित्तो फुटायो।

त्यसपछि उसले सुँड भित्र पुर्‍यायो अनि सिनीलाई बेरेर बाहिर ल्यायो र कुल्चिदियो। गणेश र रानीचाहिँ गम्भीर अवस्थामा छन्। भित्तो लडेपछि उनीहरू थिचिएका थिए। उनीहरूलाई चम्पुआ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार गरिँदैछ। चम्पुआ वनक्षेत्र उडिसाको केओनझार जिल्लामा पर्छ। उक्त क्षेत्रमा हात्ती आतंक व्यापक छ।

प्रतिक्रिया दिनुहोस्