कम्युनिष्टले काम गर्न सक्दैनन् भन्ने पुष्टि भैसक्यो : नेता सिंह



काठमाडौं । नेपाली काँग्रेस नेता प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न सकिने बताएका छन् । परिवर्तनका लागि राजनीति दलहरू मिलेर संघर्ष गरे पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्ने दलहरू मिल्न नसक्दा मुलुकमा राजनीतिक स्थायित्व हुन नसकेको बताएका छन् ।

नयाँ वर्षको अवसरमा आज खैरहनि नगर कार्यसमितिले चितवनमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।  कांग्रेस मात्रै भरपर्दो पार्टाी भएको कुरा इतिहासका हरेक घटनाक्रमले पुष्टि गरिसकेको भन्दै कम्युनिष्टले पटक-पटक अवसर पाएपनि काम गर्न सक्दैनन् भन्ने पुष्टि भैसकेको बताएका छन् ।

ओली नेतृत्वको सरकारले पटक-पटक  संविधान र प्रणाली माथि प्रहार गरेपछि विशेष परिस्थितिमा संविधान जोगाउनु पर्ने बाध्यताका कारण यो गठबन्धन बनेको नेता सिंहको जिकिर छ । नेता सिंहले परिस्थितिलाई गम्भीरताका साथ लिन समेत आग्रह गरेका छन् ।

कार्यक्रम पुर्ब मन्त्री तथा केन्द्रीय सदस्य मीन विश्वकर्मा, केन्द्रीय सदस्यीय नैंनसिह महर, कांग्रेस काठमाडौँ सभापति सबुझ बानिया, चितवन जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ बागमती, प्रदेश मन्त्री मिलन बाबु श्रेष्ठ  लगायतले पार्टी कार्यकर्ताको भावना अनुसार नेतृत्व बढ्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्