युक्रेनलाई अमेरिकाले ८० करोड डलरको हतियार सहयोग गर्ने



एजेन्सी । युद्धग्रस्त मुलुक युक्रेनलाई अमेरिकाले थप हतियार सहयोग गर्ने भएको छ । अमेरिकाले युक्रेनलाई ८० करोड डलर बराबरको हतियार सहायता उपलब्ध गराउने घोषणा गरेको छ । नयाँ सहायता प्याकेजमा हेलिकप्टर, आर्टिलरी सिस्टम र एपीसीहरू छन् ।

‘हामीले उपलब्ध गराएको हतियार युक्रेनी सेनाले रुसको विनाश गर्न उपयोग गरिरहेको छ । रुसले डोनबास क्षेत्रमा आक्रमण बढाउन लाग्दा अमेरिकाले युक्रेनलाई प्रतिरक्षाका लागि सबल बनाउने सहायता उपलब्ध गराइरहनेछ,’ अमेरिकाका राष्ट्रपति जो बाइडनले बताए । अमेरिकाले युक्रेनलाई अहिलेसम्म लगभग २.४ अर्ब डलर बराबरको सहायता दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्