पाँचपोखरीमा निःशुल्क दन्त शिविर



सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका–७ तिपेनीस्थित पाँचपोखरी प्राथमिक अस्पतालमा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । २ दिने शिविरमा विशेषज्ञ चिकित्सकसहितको टोली २२४ जनाको स्वास्थ्य परीक्षण गरेको छ ।

सेवाग्राहीलाई निःशुल्क औषधि वितरण गरेको शिविर आयोजक संस्था स्वयम् नेपालले थप उपचार गर्नुपर्ने र आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई सहजीकरण गर्नेछ । सामान्य देखिने तर जटिल बन्ने दन्त रोगबारे सचेत बन्न, दाँतको हेरचाहमा अपनाउनुपर्ने विधिबारे सेवाग्राहीलाई अनुशिक्षण समेत आयोजना गरिएको सेवा नेपालका राजिव गुरुङले जानकारी दिए ।

पाँचपोखरी थाङपाल गाउँपालिका र पाँचपोखरी प्राथमिक अस्पतालसँगको सहकार्यमा स्वयम् सेवा नेपाल, हाम्रो माया नेपाल ईभीको आयोजना तथा पाइला नेपाल र सनसाइन् डेन्टल केयरको संयुक्त प्रायोजनमा शिविर आयोजना भएको हो ।

प्रतिक्रिया दिनुहोस्