भण्डारीलाई आशिष स्मृति पत्रकारिता पुरस्कार



इलाम । नेपाल पत्रकार महासंघले यो वर्षको आशिष स्मृति पत्रकारिता पुरस्कार इलामका पत्रकार भगिरथ भण्डारीलाई प्रदान गरेको छ। महासंघ इलाम शाखाले हरेक वर्ष वैशाख १ गते प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार २०७९ भण्डारीलाई प्रदान गरेको हो।

भण्डारीलाई पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले दश हजार रुपैयाँ राशि पुरस्कार दोसल्ला र प्रमाणपत्रले उनलाई पुरस्कृत गरेका थिए। कार्यक्रममा इलाम जिल्ला समन्वय समिति प्रमुख गणेश बराल, इलाम नगर प्रमुख महेश बस्नेत, महासंघका १ नम्बर प्रदेश अध्यक्ष लिलाबल्लभ घिमिरे, उपाध्यक्षद्वय हिमा चेम्जोङ र लवदेब ढुंगाना, झापा शाखा अध्यक्ष एकराज गिरी, पूर्व केन्द्रीय उपाध्यक्ष सञ्जय सन्तोषी राईसहित इलाम, झापा र धनकुटाका पत्रकारको सहभागिता थियो।

उक्त कार्यक्रममा डा.देवी क्षेत्री दुलाले आशिष राईले पत्रकारितामा गरेको योगदानको बरेमा चर्चा गरेका थिए। तत्कालीन अवस्थामा रेडियो नेपालमा इलाम जिल्लाबाट समाचार सम्प्रेषण गर्दै आएका स्वर्गिय आशिष राईको नयाँ वर्ष मनाउँदा २०५९ साल वैशाख १ गते इलामको माई खोलामा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो।

उनकै सम्झनामा पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष साबिक मेची अञ्चलका एक जना क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्