आजको मौसम : देशका यी भूभागमा वर्षाको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । बिहान पहाडी भू-भागमा आंशिक बदली छ। दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।शनिबार पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएकाे छ।

राति प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्