चुनावी खर्चबारे कोही पनि पानीमाथिको ओभानो बन्न मिल्दैन : डा.भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावी खर्चबारे कोही पनि पानीमाथिको ओभानो बन्न नमिल्ने बताएका छन् ।

भट्टराईले पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति देशमा भ्रष्टाचारको मुहान भएको उल्लेख गरेका छन् ।

चुनावी खर्चबारे पानीमाथि ओभानो कोही नबनौं, पैसा खर्चेर चुनाव जित्ने र त्यो खर्च असुल्न राज्यको दोहन गर्ने प्रवृत्ति नै देशमा भ्रष्टाचारको मुहान हो भन्ने कटुसत्य स्वीकारेर यसो गरौं उनले दुई विकल्प अघि सारेका छन् ।

तीनै तहमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक विधायिका तथा चुनावी खर्च राज्यले वेहोर्ने गरे समस्या समाधान हुने उनको धारणा छ ।

 

प्रतिक्रिया दिनुहोस्