श्रीमानको कुटपीटबाट श्रीमतीको मृत्यु



मोरङ । श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । मोरङको जहदा गाँउपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानो टुडुलाई कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताएका छन् ।

सोरेनले ३२ वर्षीया टुडुलाई चैत्र २९ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए । उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना गरिएकी टुडुको बिहीबार राति करिब ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

फरार रहेका सोरेनको खोजी भइरहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्