आफताब आलमको मुद्दा माथेमा र सुवेदीको संयुक्त इजलासमा



काठमाडौं ।  मोहम्मद आफताब आलमको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । यसअघि पटक–पटक स्थगीत हुँदै आएको आएको उक्त मुद्दा आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

२०६४ चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो । निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्