प्रभुले ल्याएको डिपोजिट गर्ने मेसिनमा सुविधाभन्दा सास्ती धेरै



काठमाडौं । प्रभु बैंकले सञ्चालन गरेको नगद जम्मा गर्ने क्यास रिसाइकल मेसिन (सीआरएम) का कारण सेवाग्राहीले  झन सास्ती खेप्नु परेको छ। पैसा जम्मा गर्न बैंक धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्दै सीआरएम मेसिन ल्याएको दाबी गरिएको प्रभुको यो सुविधाले झन्झट थपेको सेवाग्राहीको गुनासो छ ।

काठमाडौंको कोटेश्वरमा राखिएका मेसिनले काम नै नगर्दा गुनासोसमेत सुन्न बैंक तयार नभएको उनीहरूको आरोप छ। एक सेवाग्राहीले भने, ‘पैसा जम्मा गर्न भनेर आधा घण्टा लाइन बसेपछि पालो आयो । पैसा जम्मा पनि भयो तर सिस्टममा पैसा कै हुँदैन । फोन गरेर बुझ्न खोज्दा फोन नै उठ्दैन।’ यस्तो गैरजिम्मेवार तरिकाले बैंकले सेवाग्राहीलाई दुख दिएको भन्दै उनले आक्रोश पोखे । बिग्रेका मेसिन हटाएर नयाँ मेसिन ल्याउन सेवाग्राहीले माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्