किम जोङ उनले पत्रकारलाई दिए २ तले घर



एजेन्सी । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले ५० वर्ष टेलिभिजनमा समाचार पढेर रिटायर्ड भएकी समाचार वाचिकालाई २ तले घर उपहार दिएका छन्।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमहरूले ७९ वर्षीया री चुनहीलाई उनले घर दिएको भिडिओ सार्वजनिक गरेका छन्। उक्त भिडिओमा उनले रीको हात समातेर उनलाई घरभित्र घुमाएको देखिन्छ। यही साता उत्तर कोरियाको राजधानी प्योङयाङमा खुलेको आवासीय क्षेत्रमा रहेको २ तले घर रीलाई दिइएको हो। यो आवासीय क्षेत्रमा बनेका घर सच्चा राष्ट्रभक्तहरूलाई दिने भनिएको छ।

उत्तर कोरियाली सरकारी टेलिभिजनमा देखिने रीले उत्तर कोरियाका पछिल्ला ५० वर्षका सबै महत्वपूर्ण समाचार जनतालाई सुनाएकी छन्। उनी गुलाबी रङको परम्परागत कोरियन पहिरन लगाएर टेलिभिजनको पर्दामा देखिन्थिन्। उत्तर कोरियालीहरू उनलाई लेबर हिरोका रूपमा चिन्थे। बाहिरी दुनियाँमा पिंक लेडीका रूपमा चर्चा कमाएकी रीलाई दक्षिण कोरियाली भने मन पराउँदैनथे।

प्रतिक्रिया दिनुहोस्