ओलीको दाबी : ५ वर्षका लागि एमालेको बहुमतीय सरकार बन्छ



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार लमजुङको घलेगाउँमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीलले आगामी निर्वाचनमा बहुमत प्राप्त गगरि ५ वर्षसम्म सरकार चलाउने बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका हुन् ।

उनले एमाले केही क्षणका लागि मात्रै प्रतिपक्षमा बसेको समेत बताएका छन् । घलेगाउँलाई सुखी गाउँ घोषणा गर्दै ओलीले नेपालको पहिलो सुखी गाउँ घोषणा गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना घलेगाउँबाट सुरु भएको समेत बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्