बीएमडब्यूमा पेट्रोल हाल्न कुखुरा चोरी



काठमाडाैं : मानिसहरूका शौख अचम्म-अचम्मका हुन्छन्। मानिसहरू आफ्नो शौख पूरा गर्न अनेक गर्छन्। हालै चीनका एक युवाको शौखलाई लिएर सामाजिक सञ्जाल तातेको छ। चीनका एक किसानले शौख पूरा गर्न २ करोडको बीएमडब्यू गाडी किने।

तर उनले सधैं कारमा पेट्रोल हालिरहन सकेनन्। उनले बीएमडब्लूमा तेल हाल्नकै लागि हाँस र कुखुरा चोरी गर्न थालेको सञ्चारमाध्यमहरूमा उल्लेख छ।  उनले हाँस र कुखुरा चोर्ने र त्यो बेचेर आएको पैसाले गाडीमा पेट्रोल हाल्ने गरेको खबर सामाजिक सञ्जालमा भाइरल बनेको छ।

प्रतिक्रिया दिनुहोस्