रेफ्रीले नै गोल गरेपछि … (भिडियो)



काठमाडौं : नेदरल्यान्ड्सको चौथो तहको एक फूटबल म्याचमा रेफ्रीले नै गोल गरिदिएका छन्। हर्केमेस ब्वाइज र सदर्न भिजिटर्स होएकबीच खेलिएको यस खेलमा रेफ्री मउरिस पारहुइसले खेलको ६६औं मिनेटमा गोल गरेका हुन्। 

पारहुइस खेलाडीहरूसँगै पेनाल्टी एरियामा पुगेका थिए। त्यसक्रममा होएक टीमका तर्फबाट आएको शटलाई हर्केमेसका डिफेन्डरले रोके तर बल रेफ्रको गोडामा लागेर गोलपोस्टभित्र पस्यो। पारहुइसले त्यसलाई गोलको मान्यता दिए।

अनि हर्केमेसका खेलाडीहरूले त्यसको विरोध गरे। नेदरल्यान्ड्सको पत्रिका अल्गेमीन डगब्लाडले लेखे, ‘रेफ्री मैदानमा मृत प्राणी जस्तो हुन्छ। उसलाई गोल गर्ने अनुमति छैन।’ तर रेफ्रीको गोलपछि पनि हर्केमेस ब्वाइजले होएकलाई ४–२ गोलले पराजित गर्‍यो।

प्रतिक्रिया दिनुहोस्