पिताले लिंग परिवर्तन गर्न नदिएपछि आत्महत्या



काठमाडौं : भारतको तमिलनाडुमा २१ वर्षीय युवकले आत्महत्या गरेका छन्। उनी सर्जरी गरेर लिंग परिवर्तन गरी महिला बन्न चाहन्थे तर उनका पिता यसका लागि तयार भएनन्। बुवासँग झगडा परेपछि उनी झुण्डिएर मारेका हुन्। प्रहरीका अनुसार, गजेन्द्रका २१ वर्षीय छोरा पार्थसारथिले बीसीए गरेका थिए। पढाइ सकेपछि उनी बेरोजगार रहे।

पिताले दबाब दिए पनि उनले जागिर खान मानेनन्। उनको परिवारले पार्थसारथिको व्यवहारमा परिवर्तन आएको देखे। उनी घरैमा थुनिएर बस्थे। आफ्ना साथीहरूलाई पनि भेट्दैनथिए। पछि परिवारका मान्छेलाई उनले लिंग परिवर्तन गर्न चाहेको बताए। गजेन्द्रले छोरालाई हप्काए र लिंग परिवर्तन गर्न दिएनन्। बुवाले गाली गरेपछि पार्थसारथिले घर त्यागे। 

घरबाट निस्केर पार्थसारथिले एक महिलाको घरमा शरण लिए। गजेन्द्रले छोरालाई लिन जाँदा तेस्रो लिंगीसँग बसिरहेको देखे। घर लान खोज्दा छोराले लिंग परिवर्तन गर्न दिए मात्र घर जान्छु भने। अनि बुवा रिसाएर गए। पिता गएपछि पार्थसारथि फाँसीमा झुण्डिए। सूचना पाएपछि प्रहरीले उसको लाश पोस्टमार्टमका लागि पठायो। प्रहरीले उजुरी दर्ता गरेर घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्