प्रेमिकालाई भेट्न भित्तो चढेर नवौं तल्ला पुगेको प्रेमी पतिलाई देखेर मर्‍यो 



यो घटना भारतको हो । जहाँ विवाहिता प्रेमिकालाई भेट्न एक युवक नवौं तल्लाको झ्यालमा झुण्डेर बसिरहेको थियो ।

अचानक उसको आँखा प्रेमिकाको पतिमा पर्‍यो । अनि उसले भित्तोबाटै तल आउन खोज्यो । तर पानी परिरहेकोले भित्तोबाट चिप्लिएर उक्त युवक भुइँमा बजारियो । घटनास्थलमै उसको मृत्यु भयो । यो घटना इन्डियाको मुम्बईको हो ।

प्रहरीले यसलाई दुर्घटनाका कारण भएको मृत्युका रूपमा लिएर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार, १९ वर्षीय युवक नियाज शेख दुई वर्षअघि बिहारबाट मुम्बई आएको थियो । ऊ आफ्नो मामासँग अग्रिपाडाको एक भवनमा १५औं तल्लामा बस्थ्यो । 

त्यसै भवनमा २४ वर्षीया एक विवाहिता पनि बस्थिन् । विवाहितासँग नियाजको प्रेमप्रसंग चलिरहेको थियो । दुई महिनाअघि मामाले नियाज महिलाको कोठामा गएको देखेपछि गाली गरेका थिए । अनि मामाको आँखा छल्न ऊ भवनको पछिल्तिरको भित्तो चढेर महिलाकहाँ जान थालेको थियो । 

मंगलवार पनि ऊ प्रेमिकालाई भेट्न नवौं तल्लामा गयो । तर प्रेमिकाको पति देखेपछि ऊ फर्किन खोज्यो । त्यसक्रममा ऊ चिप्लियो, तल बजारियो र उसको ज्यान गयो। 

महिलाले केही खसेको आवाज सुनिन् तर पति सँगै हुनाले सोधखोज गरिनन् । 

घटना रातको समयमा भएको हो । भवनको चौकीदारले साढे २ बजेतिर ट्यांकीमा पानी भर्न जाँदा भुइँमा लडिरहेको युवक देखे । उनले तत्कालै प्रहरीलाई खबर गरे । युवकलाई नायर अस्पताल लगियो । त्यहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

मृत युवक ल्याब असिस्टेन्टका रूपमा काम गरिरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्