रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



रौतहट । रौतहटको राजपुर नगरपालिका-३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका-८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्