मार्स अस्पताल भर्ना, दिल्ली क्यापिटल्सका चार खेलाडीमा कोरोना



काठमाडौं । दिल्ली क्यापिटल्सका अलराउन्डर मिचल मार्समा कोभिड संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका छन् । जारी इन्डियन प्रिमियर लिग ९आईपीएल०अन्तर्गत दोस्रो पटक गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएको हो ।

यससँगै उनी कम्तिमा १० दिन अस्पतालमा रहने छन् । मार्ससँगै दिल्लीका दुई सदस्यको परीक्षण पोजिटिभ आएको छ । यससँगै पोजिटिभ सदस्य चार पुगेको हो ।

‘दिल्ली क्यापिटल्सका अलराउन्डर मिचेल मार्समा कोरोना पोजिटिभ देखिएको छ । चिकित्सक टिमले मार्सको स्थिति बारे नजर राखिरहेका छन् ।’ दिल्ली क्यापिटल्सले भनेको छ ।

यससँगै बुधबार पञ्जाब किंग्सविरुद्धको खेल हुनेमा आशंका बढेको छ । टिम सदस्यमा कोरोना देखिएसँगै खेलाडीहरू होटलबाट बाहिर निस्कन पाएका छैनन् र अभ्यास समेत रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्