लोसपाले जनकपुरको प्रमुखका लागि टिकट नदिएपछि एमालेमा



काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकामा प्रमुखको उम्मेदवार बन्न लोसपाका नेता जानकीराम साह नेकपा एमालेमा प्रवेश गरेका छन् । लोसपाले नगर प्रमुखको टिकट नदिने भएपछि साह एमालेमा प्रवेश गरेका हुन् । साह जनकपुरधाममा लोसपाको सबैभन्दा बलियो उम्मेदवार मानिन्छन् । एमालेमा प्रवेश गरेसँगै लोसपालाई ठूलो झट्का लाग्ने आकलन गर्न सकिन्छ ।
गत स्थानीय निर्वाचनमा लोसपाबाट जनकपुर वडा नम्बर ७ को वडाध्यक्षमा समेत निर्वाचित रहेको साह यस पटक प्रमुखको दावेदारी गरेका थिए ।
नगर प्रमुख पदका प्रत्याशित रहेका साहले लोसपाबाट टिकट पाउने सम्भावना नदेखेपछि एमालेमा प्रवेश गरेका हुन् । मङ्गलवार बालकोटमा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्