एकीकृत समाजवादीको घोषणा–पत्र सार्वजनिक (पूर्णपाठ)



काठमाडौं । सत्तासाझेदार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रमका बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले घोषणा–पत्र सार्वजनिक गरेका हुन्।

घोषणा–पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको छ । त्यसैगरी घोषणा–पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौं महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

समाजवादीले चुनावी घोषणा–पत्र सार्वजनिक गरेसँगै घोषणा–पत्र सार्वजनिक गर्ने दोस्रो पार्टी बनेको छ । यो भन्दा अघि चुनावी घोषणा–पत्र सार्वजनिक गर्ने पहिलो पार्टी रविन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझा पार्टी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्