गठबन्धनको शक्ति देखेर ओली थरथरी काँपे : पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पाँच दलीय गठबन्धन देखेर एमालेका अध्यक्ष केपी शर्मा ओली डराएको टिप्पणी गरेका छन् ।

पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले सत्ता गठबन्धन देखेर ओली थरथरी काँपेको टिप्पणी गरेका हुन् । 

पौडेलले भने, ‘गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्। ओली हतास भएका छन् । हतास अभिव्यक्ति दिइरहेका छन्। जस्ता तत्वसँग पनि हातेमालो गरिरहेका छन्।’ उनले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नभएर लोकतन्त्र जोगाउन पाँच दलीय गठबन्धन बनेको पनि जिकिर गरेका छन् ।

गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र नभई नेपालमा लोकतन्त्र बचाउन, परिवर्तन बचाउन, नेपाललाई अग्रगामी बाटोमा रूपान्तरणका भएको पौडेलको दाबी थियो । कार्यक्रममा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन गरेर आफूले केही नबिगारेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्