जलेश्वरमा यी हुन् सम्भावित नगर प्रमुखका उम्मेदवार



जलेश्वर । महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ ।
नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित प्रमुख पदका उम्मेदवारमा अशोक साहको नाम चर्चामा छ । उनी यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा पनि प्रमुखमा उठेका थिए ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुनः प्रमुख पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनोट गरेको छ ।
यसैगरी नेकपा (एमाले)का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाम अगाडि आएको छ । यसअघि उनी २०७४ को निर्वाचनमा प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए ।
आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा ( एकीकृत समाजवादी ) ले दिपु झालाई प्रमुख पदका लागि सिफारिस गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्