एकीकृत समाजवादी र गौरवशालीबीच एकता



काठमाडौं । नेकपा माओवादी र नेकपा एमालेबाट अलग भएका दुई पार्टी एक भएका छन् । एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीबाट अलग भएर गठन भएको नेकपा गौरवशालीबीच आज पार्टी एकता भएको हो । काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा एकता घोषणा भएको हो ।

एकीकृत समाजवादी नेकपा एमालेबाट अलग भएर गठन भएको हो भने नेकपा गौरवशाली माओवादीबाट अगल भएर गठन भएको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गौरवशालीका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्