सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु



काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।

महानगर र उपमहानगरमा सिट बाँडफाँट मिलाउन आज साढे ११ बजेका लागि तय भएको सत्ता गठबन्धनको बैठक सारेर २ बजे तय भएको बैठक एक घण्टा ढिलो गरी ३ बजे सुरु भएको हो ।

गठबन्धन दलका नेताहरुका अनुसार नेपाली कांग्रेसले समय मागेकाले बैठक सारिएको थियो । सोमबार २ पटक बसेको गठबन्धन बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच पोखरा महानगरको दाबी नछोडेपछि सहमति हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्