एमालेले १० वैशाखमा महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउने



काठमाडौं । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो १० वैशाखमा लगाउने निर्णय गरेको छ । बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो ।

ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुंगो लगाउने सचिव योगेश भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्