आईपीएल : दिल्लीलाई हराउँदै राजस्थान शीर्ष स्थानमा



काठमाडौं । दिल्ली क्यापिटल्सलाई १५ रनले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को  शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति जितको लागि २२३ रनको  लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाउँदै  २०७ रनमा समेटियो।

दिल्लीका कप्तान ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए । रोभम्यान पावेलले ३६ रनको योगदान गरे । राजस्थानका प्रसिद्ध कृष्णले ३ विकेट लिए । रविचन्द्रन आश्विनले २ विकेट लिए । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २२२ रनको योगफल तयार पारेको थियो । 

राजस्थानका ओपनर जस बटलरले ६५ बलमा ९ चौका र ९ छक्कासहित ११६ रन बनाए । यस्तै देवदत्त पाडिक्कलले ३५ बलमा ७ चौका र २ छक्कासहित ५४ रन बनाए । दिल्लीका खलिल अहमद र मुश्तफिजुर रहमानले १–१ विकेट लिए। राजस्थान सात खेलबाट ५  जितसहित १० अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो । दिल्ली ७ खेलमा ३ जित र ४  हारसहित ६ अङ्क बनाएर छैटौँ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्