बैंगलोरविरुद्ध हैदराबादको सहज जित



काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध सहज जितसँगै सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो स्थानमा उक्लिएको छ। शनिबार राति मुम्बईमा भएको खेलमा हैदराबाद ९ विकेटले विजयी भयो। ६९ रनको सामान्य विजयी लक्ष्य हैदराबादले ८ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

हैदराबादका अभिषेक शर्माले सर्वाधिक ४७ रन बनाए। केन विलियम्सन १६ र राहुल त्रिपाठी ७ रनमा अविजित रहे। यसअघि टस हारेर ब्याटिङ गरेको बेंगलोर १६ ओभर १ बलमा सवै विकेट गुमाउदै ६८ रनमा  समेटियो। बेंगलोरका सुयश प्रभुदेशाईंले सर्वाधिक १५ रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क बनाउन सकेनन्।

हैदराबादका मार्को ज्यानसन र टि नटराजनले ३-३ विकेट लिए। जितसँगै हैदराबाद ७ खेलमा ५ जितसहित १० अङ्क जोडेर दोस्रो स्थानमा छ। बेंगलोर ८ खेलमा ५ मा जितसहित समान १० अङ्क बनाउँदै चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्