बुन्डेसलिगाको उपाधि बायर्नले जित्यो



काठमाडौं । बोरुसिया डर्टमुन्डलाई ३-१ अन्तरले पराजित गर्दै शनिबार राति बायर्न म्युनिख लगातार १०औँ सिजन जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको छ । घरेलु मैदान एलिएन्ज एरिनामा बायर्न बुन्डेसलिगाको तीन खेल बाँकी छँदै ३२ औँ उपाधि जित्न सफल भयो ।

बायर्नको जितमा सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की र जमल मुसियालाले १-१ गोल गरे । डर्टमुन्डका इम्री क्यानले १ गोल फर्काए। जितसँगै च्याम्पियन बनेको बायर्नको ३१ खेलबाट ७५ अंक छ। दोस्रो स्थानको डर्टमुन्डको समान खेलबाट ६३ अङ्क छ। सन् २०१२-१३  को सिजनपछि बायर्नले घरेलु फुटबलमा वर्चस्व कायम गर्दै लगातार च्याम्पियन बन्न सफल भएको छ।

 

प्रतिक्रिया दिनुहोस्