रियल बेटिसलाई कोपा डेल रेको उपाधि



काठमाडौं । भ्यालेन्सियालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रियल बेटिसले ‘स्पेनिस कोपा डेल रे’को उपाधि जितेको छ। शनिबार राति निर्धारित ९० मिनेट र अतिरिक्त समय समेत १-१ गोलको बराबरी भएपछि खेलको छिनोफानो पेनाल्टी सुट आउटमा भएको हो। पेनाल्टीमा रियल बेटिस भाग्यशाली रह्यो ।

सन् २००५ यता रियल बेटिसले पहिलो उपाधि जितेको हो। रियल बेटिसको क्लब इतिहासमा यो चौथो पटक ठूलो उपाधि जितेको हो।हालसम्म उसले एक ला लिगा उपाधि र दुई स्पेनिस कपको उपाधि जितेको छ । म्यानेजर म्यानुएल पेलेग्रीनीले सन् २०१५-१६ मा इंग्लिस क्लब म्यानचेस्टर सिटी छाडेयता पहिलो ट्रफी उचालेका हुन्। सन् २०१० यता बार्सिलोना र रियल मड्रिडविहीन कोपा डेल रे फाइनल दोस्रो पटक खेलिएको थियो।

प्रतिक्रिया दिनुहोस्