चिट चोर्नुको हद : ९५९ जना विद्यार्थीको हुबहु एउटै उत्तर



काठमाडौं : भारतको गुजरात सेकेन्डरी यान्ड हायर सेकेन्डरी एजुकेसन बोर्डका अधिकारीहरूले सामूहिक चिट चोरीको घटना पत्ता लगाएका छन्। बाह्र कक्षाको परीक्षामा ९५९ विद्यार्थीहरूले हुबहु एउटै उत्तर दिएका थिए।  सामूहिक चिटचोरीको यो सबभन्दा ठूलो घटना हो। 

चिट चोरीमा नियन्त्रण गर्नका लागि कडा उपाय अपनाइएको भए पनि यस्तो घटना भएको छ। ती सबै विद्यार्थीको रिजल्ट सन् २०२० सम्मका लागि रोकिएको छ। उनीहरूले चिट चोरेको विषयमा फेल गराइएको छ। 

अनेकौं उजुरीपछि बोर्ड अधिकारीहरूले चिट चोरिएको भनिएको सेन्टरहरूका उत्तरपुस्तिका जाँचे। ती सेन्टर मुख्य गरी जूनागढ र गिर–सोमनाथ जिल्लामा छन्।अधिकारीहरूका अनुसार, ९५९ परीक्षार्थीहरूले सबै प्रश्नको एउटै उत्तर दिएका थिए। उनीहरूको उत्तरक्रम पनि हुबहस थियो र सबैले एउटै गल्ती गरेका थिए। 

ती सेन्टरहरूमा २०० विद्यार्थीले छोरी परिवारका दियो हुन् भन्ने निबन्ध शुरूदेखि अन्तिमसम्म एउटै लेखे। अनि अकाउन्टिङ, इकोनोमिक्स, अंग्रेजी साहित्य र तथ्यांकशास्त्र छन्। परीक्षा केन्द्रमा शिक्षकहरूले डिक्टेसन गराएर उत्तर लेखाएको विद्यार्थीहरूले बताए। 

प्रतिक्रिया दिनुहोस्