रोमालाई हराउँदै इन्टर मिलान शीर्ष स्थानमा



काठमाडौं । रोमालाई ३-१ अन्तरले पराजित गर्दै इन्टर मिलान इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा उक्लिएको छ। घरेलु मैदानमा इन्टरको जितमा डेन्जेल डम्फ्रेज, मार्सेलो ब्रोजोभिकलाउटारो मार्टिनेजले १-१ गोल गरे।

रोमाका हेनरिक मिखटरयानले सान्त्वना गोल गरे । जितसँगै इन्टरले सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई पछि पारेको छ । लिगको अन्तिम तिर आइपुग्दा शीर्ष टोलीबीच खासै अङ्क अन्तर धेरै नहुँदा उपाधि झनै रोमाञ्चक बनेको छ। 

जितपछि इन्टरको ३३ खेलबाट ७२ अङ्क छ। समान खेलबाट एसी मिलानको ७१ अङ्क छ। लिगमा पाँच राउन्डको खेल बाँकी रहँदा रोमा ५८ अङ्कसहित पाँचौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्