हिराले एमालेबाट जनकपुरको मेयरमा टिकट पाउने लगभग निश्चित



जनकपुरधाम । मनोनयन दर्ताको समय जारी रहेपनि नेकपा एमालेले अहिलेसम्म पनि जनकपुरधामको उम्मेदवार टुंग्याउन सकेको छैन ।

काठमाडौंमा एमालेबाट जनकपुरधामको नगर प्रमुख र उपप्रमुखको उम्मेदवारको विषयमा निर्णय गर्न छलफल जारी छ । यद्यपि टुंगो लगाउन सकेको छैन । जनकपुरधामको नगर प्रमुखको टिकटका लागि एमालेबाट शिवशंकर साह ‘हिरा’ र जानकीराम साह दौडधुपमा लागेका छन । श्रोतका अनुसार जनकपुरधामको नगरप्रमुखमा हिरालाइ टिकेट दिने लगभग निश्चित भैसके पनि आधिकारिक निर्णय हुन सकेको छैन ।

यता नगरप्रमुखको टिकेटका लागि नै लोकतान्त्रिक समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गरेका जानकीरामले टिकेट पाउने सम्भावना क्षीण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्